२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

हङकङविरुद्व आज खेलिरहेका नेपाली क्रिकेटर सन्दीपको आज जन्मदिन

Today is the birthday of Nepali cricketer Sandeep Zora who is playing against Hong Kong today

काठमाडौं । हङकङविरुद्व आज खेलिरहेका नेपाली क्रिकेटर सन्दीप जोराको आज जन्मदिन परेको छ । उनी २० अक्टोबर २००१ मा जन्मिएका हुन् । अग्रेजी मिति अनुसार हिजो नै भएपनि नेपाली समय अनुसार उनको जन्मदिन आज हो ।

कञ्चनपुर जिल्लामा जन्मिएका उनी नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य हुन् । उनले २०१९ जनवरी २८ मा संयुक्त अरब इमिरेट्स विरुद्धको खेलबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि डेब्यु गरेका थिए ।

आईसीसीका अनुसार यूएईसँगको खेलमा सत्र वर्ष १०३ दिनको उमेरमा आफ्नो डेब्यूमा अविजित ५३ रन बनाएपछि टी-२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने उनी सबैभन्दा कान्छा खेलाडी बनेका थिए । दायाँ हाते ब्याट्सम्यान सन्दीप घरेलु क्रिकेटबाट चम्किएका ब्याट्सम्यान हुन् ।

 

 

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस