२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

एमाले कोशी प्रदेश अधिवेशन : अध्यक्षमा खतिवडाको अग्रता कायमै

UML Koshi State Convention

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ। भर्खरै आएको मतपरिणामअनुसार अध्यक्ष पदमा घनश्याम खतिवडा अगाडि देखिएका छन्।

निर्वाचन कमिटीका अनुसार हालसम्म २८२ मतको गणना भएको छ। जसमा अध्यक्षका प्रत्याशी खतिवडाले १४९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी विनोद ढकालले १३१ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा टिकारा चेमजोङ निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवमा राजकुमार भण्डारीले १६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शैलेस लामाले १११ मत पाएका छन्।

उपसचिवमा जलवर्षा राजवंशीले १८२ मत प्राप्त गरेकी छिन् भने देवान राईले १७५ तथा खेम नेपालीले ११८ मत पाएका छन्। सचिवका उम्मेदवार शैलेस लामा र उपसचिव नेपाली ढकाल पक्षका हुन् भने सचिव भण्डारी र उपसचिव दोय राजवंशी र राई खतिवडा प्यानलका हुन्। २१५ सदस्यीय कमिटीका लागि हिजो राति मतदान भएको थियो। आज बिहान ५ बजे सम्पन्न मतदान आजै साँझ ५ बजे सुरु भएको हो। ९९७ जना मतदाता रहेकोमा ९७७ मत खसेको छ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस