२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

नेपाल प्रवेश गर्‍यो पश्चिमी वायु, तराईदेखि हिमालसम्म के–के गराउँदैछ ?

काठमाडौं । मनसुन अर्थात् पूर्वीय वायु नेपालबाट क्रमशः बाहिरिँदै गर्दा पश्चिमी वायु बिस्तारै सक्रिय हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन बाहिरिएपछि देशको पश्चिमी भागमा पश्चिमी वायुको प्रवेश सुरु भएको हो। उनका अनुसार पूर्वबाट प्रवेश गर्ने भएकाले मनसुनलाई पूर्वीय वायु भनिन्छ भने पश्चिमबाट भित्रिने वायुलाई पश्चिमी वायु भनिन्छ।

‘नेपालको पश्चिमी भागमा पश्चिमी वायुको सामान्य प्रभाव सुरु भएको छ’, मौसमविद् कँडेलले भनिन्, ‘अहिले पश्चिमी वायु त्यस्तो धेरै सक्रिय रूपमा आएको होइन, यसले पश्चिमी क्षेत्रमा सामान्य वर्षासम्म गराउनसक्छ।’ उनका अनुसार मनसुन पूरै नेपालबाट हटेपछि सशक्त रूपमा प्रवेश गर्ने पश्चिमी वायुले भने हिमाली भेग र आसपासका पहाडमा हिमपात गराउँछ। ‘पश्चिमी वायुले खासगरी चिसो लिएर आउँछ’, मौसमविद् कँडेलले भनिन्।

हाल सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णालीका अधिकांश स्थान र लुम्बिनीको प्रदेशको पश्चिमी भागबाट मात्र मनसुन हटेको छ। त्यसयतादेखि पूर्वसम्म अझै मनसुन वायुको प्रभाव रहेको मौसमविद् कँडेलले जानकारी दिइन्। ‘यो हप्ताभित्र नेपालका थप स्थानबाट पनि मनसुन बाहिरिने अनुमान गरेका छौँ।’

 

 

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस