२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कोसीमा मन्त्रिपरिषद् बिस्तार पछि सरकारबाट बाहिरिने एमालेको चेतावनी

Maoists will give vote of confidence to Chief Minister Kedar Karki

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बिस्तार गरे पछि नेकपा एमाले रुष्ट बनेको छ। सल्लाह नै नगरी मन्त्रिपरिषद् बिस्तार गरको भन्दै एमालेले सरकार छाड्ने चेतावनी दिएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सल्लाह नै नगरी मन्त्रिपरिषद् बिस्तार गरिएकाले नेकपा (एमाले) लाई मुख्यमन्त्रीको निर्णय मान्य नरहेको बताए। उनले सरकार छोड्ने चेतवानी दिए ।

भण्डारीले एकलौटी रुपमा मन्त्रिपरिषद् बिस्तार गरेका कारण एमाले सरकारबाट बाहिरिने चेतावनी भण्डारीको छ । भण्डारीले भने,‘हामीसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् बिस्तार गरिएकाले अब, हामी सरकारमा बस्दैनौँ।’ भण्डारीले आइतबारसम्ममा पार्टीबाट सहभागी मन्त्रिलाई फिर्ता बोलाउने स्पष्ट पारे।

सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले यसबारेमा आवश्यक निर्णय पनि गर्ने भण्डारीले जानकारी दिए। असोज २७ गते मुख्यमन्त्री केदार कार्कीसहित नेपाली कांग्रेका ८ जना सांसदले विद्रोह गरेर एमालेको सहयोगमा सरकार गठन गरेका थिए। एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेसहित गठबन्धन दलकोसमेत विश्वासको मत पाएका थिए। नेकपा एमालेले गठबन्धनको नभई काँग्रेस र एमालेबाट मात्रै सरकार गठन गर्नुपर्ने अडान राख्दै आएको थियो।

मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई गठबन्धनले समर्थन गरिसकेका कारण एमाले सरकारबाट बाहिरिनुपर्ने गठबन्धनका अन्य दलहरूले बताउँदै आएका थिए। यही कारण औपचारिक र अनौपचारिक रुपमा मन्त्रिपरिषद् बिस्तारका विषयमा काँग्रेस र एमालेबिच छलफल भए पनि विना निष्कर्ष छलफल टुंगिदैं आएका थियो।

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस