२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रहरीमा पुगेपछि खुल्यो निलम्बन नै हुनेगरी भएको तारा एयरका पाइलटहरुको कुटाकुटको कारण

Fight of Tara Air pilots

काठमाडौं । तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोषले आफूलाई आज सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै गर्दा हात मिलाउने क्रममा श्रेष्ठले थप्पड हानेको बताए।

वरिष्ठ क्याप्टेन शाहले आफूमाथि हातपात गर्ने श्रेष्ठमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीले जानकारी दिए। आफूमाथि कुटपिट भएको भन्दै निवेदन दर्ता गर्न आउनुभएको थियो, क्याप्टेन श्रेष्ठलाई फोन गरेर सोध्दा उहाँले म लुक्ला छु हाम्रो सामान्य विवाद भएको हो म त्यहीँ आएर छलफल गरौँला भन्नुभएको थियो, डिएसपी पराजुलीले भने। उनले यस विषयमा अनुसन्धान गरिरहेको बताए।

दुई पाइलटबीच के कारणले विवाद भएको हो भन्ने विषयमा आफूलाई जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले बताए। उनका अनुसार घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउण्डेड गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला विमानस्थलमै ग्राउण्डेड गरिएको छ। त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उनीहरुको लाइसेन्स निलम्बन गरेको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस