२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

आज सोमबार सुनको मूल्य घट्यो

gold price today nepal

काठमाडौं। साताको दोस्रो दिन सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने स्थिर छ । हिजो आइतबार भने गत शुक्रबारकै मूल्यमा स्थिर थियो । सुन तोलाको १ लाख १५ हजार ४ सय छ भने चाँदी प्रति तोला १४ सय १५ रुपैयाँ पुगेको छ। हिजो आइतबार सुनको मूल्य १ लाख १५ हजार ९ सय थियो ।

गत बिहीबारका तुलनामा तोलामा २ सय बढेर सुन शुक्रबारको मूल्यमा आइपुगेको थियो । गत साताको सुरुमा तोलाको १ लाख १७ हजारसम्म पुगेको थियो। त्यसयता क्रमिक घटेको कारोबार मूल्यमा गत बिहीबार मात्रै सामान्य बढोत्तरी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्यमा भने उतारचढाव छ। गत बिहीबारका तुलनामा तोलामा १५ रुपैयाँ घट्दा शुक्रबार प्रति तोला १३ सय ९० रुपैयाँ भएको थियो। आइतबार बढेर तोलाको १४ सय १५ मा आइपुगेको हो। आज सोमबार सोही मूल्य छ ।

गत साताको पहिलो दिन पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो। सोमबार तोलाको १४ सय २० रुपैयाँ पुगेको थियो।

 

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस