२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

भूकम्प प्रभावितलाई गोर्खा ब्रुअरीको १ करोड सहयोग

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लिले हालैका भूकम्प पीडितको पुनः स्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ।

उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वतः स्फूर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिए। डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए।

उनले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरूमा उल्लेख्य सहयोग गर्दै आएको, विशेष गरी कोभिड महामारी र २०७२ को महाभूकम्प पछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठुलो सहयोग गरेको उल्लेख गरे।

 

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस