२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

यस्तो छ आज डिसेम्बर ९ (कार्तिक २३) को बिदेशी मुद्राको बिनिमय दर (सूचीसहित)

money exchange rate in nepal today

२३ कार्तिक, काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ७८ पैसा र बिक्री दर १४२ रुपैयाँ ४२ पैसामा कारोबारको अनुमति दिएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७७ पैसा र बिक्री दर १६३ रुपैयाँ ५१ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८५ रूपैयाँ ४० पैसा तथा बिक्री दर ८५ रूपैयाँ ७९ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ४२ पैसा तथा बिक्री दर ९६ रूपैयाँ ८५ पैसामा कारोबार गर्न अनुमति दिएको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो भने बिहिवार त्यसको भाउ घटेको छ।

 

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८२ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८६ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ २६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ३४ पैसा कायम गरिएको छ।

 

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४४ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६० पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १९ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३६ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस