२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

एमाले नेता महेश बस्नेतकाे भिडिओ भाइरल गराउने मनाेज मानव पक्राउ

काठमाडौं । युट्युबर मनोज मानव (मनोजकुमार महतो) पक्राउ परेका छन्।

बुधबार साँझ मानवलाई नेपाल प्रहरीकाे साइबर ब्युराेले पक्राउ गरेकाे हाे।

व्यक्तिकाे चरित्र हत्या गरेकाे तथा रकम माेलमाेलाइमा संलग्न भएकाे घटनामा मुछिएपछि उनी पक्राउ परेका हुन्।

साइबर ब्युराेले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ।

मानवले ‘स्टार अनलाइन’ युट्युब च्यानल चलाउँदै आएका थिए। उक्त च्यानलमार्फत् उनले एमाले नेता महेश बस्नेतसँग एक जना महिला जाेडी चरित्र हत्या गरेकाे आराेप लागेकाे थियाे।

नेता बस्नेतले मानिसहरूलाई तर्साउँदै बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार पक्राउ परेको भन्दै प्रहरीलाई धन्यवादसमेत दिएका छन्। यसअघि उनले आफ्नो चरित्र हत्या गर्ने गिराेहका नाइकेलाई जसरीपनि अगाडि उभ्याएर कानूनी कारबाही गर्ने दाबी गर्दै आएका थिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस