२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

आगलागीमा परेर गोरखामा आमा छोराको मृत्यु

काठमाडौं, कात्तिक २६ । आगलागीमा परेर गोरखामा दुई जनाको मृत्यु भएको छ। धार्चे गाउँपालिका वडा नम्बर १ केरौंजास्थित हुल्चुकमा आगलागीमा परेर आमा छोराको मृत्यु भएको हो।

७८ वर्षीया कान्छी गुरूङ र उनका छोरा ५३ वर्षीय चनारसिंङ गुरूङको आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष राम सिंङ गुरूङले बताए। शनिबार बेलुकी करिब १० बजेतिर कान्छीको घर आगलागी भएको थियो। ‘अगेनामा आगो बालेर सुतेका कारण घर जलेको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘दुवैको शव घरभित्रै फेला परेको छ।’ घटनास्थलमा प्रहरीहरू पुगिसकेको उनले बताए। आगलागीले घर पूर्ण रूपमा क्षति भएको छ।

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस