२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

लक्ष्मी आह्वान गर्न बालिएको दियोबाट आगालागी हुँदा भोजपुरमा लाखौँको क्षति

Millions of damages were caused in Bhojpur when a lamp lit to invoke Lakshmi caught fire

काठमाडौं । लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ। भोजपुर नगरपालिका–८ पोखरे बरबोटस्थित ज्ञानराज विष्टको घरमा लक्ष्मीपूजा गर्न बालिएको दियोबाट आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोटस्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजारबराबरको क्षति भएको जानकारी दिए।

आगलागीबाट दुईतले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन, सुनका गरगहना र नगद १५ हजारसमेत नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण विष्ट परिवार विचल्लीमा परेको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस