२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पड्काउन टाढाबाट छोडेको पटका घरमा खस्दा किराना पसलसहित आगलागीबाट घर नष्ट

House destroyed by fire

इटहरी । गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिए।

लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका जैनको घरपछाडि रहेको रुखको बोटनजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्। आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ।

इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगन्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्रसहित स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

 

प्रकाशित मिति : २०८० कार्तिक २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस