२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

भूकम्पपीडितका लागि एमालेले खटायो ११०० स्वयंसेवक

काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि नेकपा (एमाले) ले एक हजार एकसय जना स्वयंसेवक परिचालित गरेको छ । स्वयंसेवकहरूले भूकम्पले भत्काएका घरभित्रका सामानहरू निकाल्ने, भग्नावशेष पन्छाउने र त्यहाँ अस्थायी घरटहरा बनाउन जमिन सम्याउनेजस्ता काम गरिरहेका छन । गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि पार्टी केन्द्रको तर्फबाट एक हजार र प्रदेशका एक सय गरी ११ सय स्वयंसेवक खटिएका हुन् ।

त्यसमध्ये जाजरकोटमा सातसय र रुकुमपश्चिममा चारसय स्वयमसेवक परिचालन भएको पार्टी केन्द्रीय सदस्य निरज आचार्यले जानकारी गराउनुभयो । नेकपा (एमाले) का जनसंगठनहरू नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेका छन । जिफण्टको स्वयंसेवक टोली जाजरकोटमा मङ्सिर १ गतेदेखि नै भग्नावशेष हटाउन र भत्केका घरभित्र पुरिएका सामान निकाली व्यवस्थापन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस