२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

उदयपुरमा पिकनिक गएको स्कुल बस दुर्घटना, ३ जनाको मृत्यु

Road Accident

काठमाडौं । उदयपुरमा पिकनिक गएको स्कुल बस शनिबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। १–०५–००१ ख ००४४ नम्बरको स्कुल बस दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा १२ जना गम्भीर र २५ जना सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।

मृतक तीन जनाको सनाखत भएको र ज्यान गुमाउनेमा चालक बिखन चौधरी, सात वर्षीया सन्या चौधरी र छ वर्षीय विकास चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार  मदन भण्डारी राजमार्गअन्तर्गत् उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको हो।

गम्भीर घाइते १२ जनालाई रिफर गरी विराटनगरतर्फ लगिएको र २५ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।

अन्नपूर्ण विद्यालयको बस त्यहीँका स्थानीयले पिकनिक प्रयोजनका लागि लगेको बुझिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस