२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला मूल्य कति पुग्यो ?

gold price today nepal

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँ कायम भएको हो।

यस्तै,आज तेजावी सुनको मूल्य तोलाको १ लाख १६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि कात्तिक ११ गते छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १६ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ कायम रहेको थियो।

 

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस