२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

ध्रुवे हात्तीको दाह्रा काटेर रेडियोकलर जडान, निगरानी गर्न सजिलो हुने

Dhurbe elephants are clipped from their beards and fitted with radiocollars, making monitoring easier

काठमाडौं । चितवनमा बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेको दाह्रा काटेर रेडियोकलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा हिजो हात्तीलाई डार्ट अर्थात लठ्याउने सुइ हानेर रेडियोकलर जडान गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियोकलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उनले बताए । रेडियोकलर जडान गरिसकेपछि हात्ती समुदाय प्रवेश गर्न लागेमा जानकारी गराउन सहज हुनेछ । रेडियोकलर जडान गर्नुअघि हात्तीको दाह्रा काटिएको थियो ।

केही वर्ष पहिले आतङ्क मच्चाएर केही समय शान्त रहेको ध्रुवे हात्ती तिहारयता फेरि मानव बस्तीमा पस्न थालेपछि डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जले जनाएको छ । यस हात्तीले यसअघि मान्छेको ज्यान लिनुका साथै बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्दै आएको थियो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस