२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

जेठाजु गुमाएकी एमाले नेतृ भगवती चौधरीले भनिन् संकल्प यात्रा बिरोधीहरुबाट हामी बालबाल बच्यौं

We narrowly escaped from the opponents of Sankalp Yatra

काठमाडौं । नेकपा (एमाले) नेतृ एवं पूर्व मन्त्री भगवती चौधरीले आफूहरु बाल बाल बचेको घटना सार्वजनिक गरेकी छिन् । हृदयघातबाट जेठाजु गुमाएपछि उक्त शोकका शोकाकुल परिवारसहित आफू समृद्वीका लागि नेकपा एमालेको संकल्प यात्रा छोडेर घर फर्किदा मृत्युको मुखबाट बचेको बताइन् । उनले भनेकी छिन् ।

हिजो अच्चानक माईलदाइ (माईला जेठाजु) को हृदयघात घटनाले देहावसान भएकोमा अत्यंतै पिडामा थियौं ! यात्रामा साथै हुने परिवारका देवर र छोरालाई काठमाडौं पुर्याउनु पर्ने भएकोले !

तापनि घुर्मि ओखलढुंगाको सभामा स्वागत सहभागिता जनाएर घुर्मिबाट फर्कन्दै गर्दा, उदयपुर बेल्टार पछि चौदण्डी नपा आसपास करिब ९ः२३ रात्री समयमा अज्ञात समुह वा को हुन सक्छ ‘?? समृद्धिका लागि संकल्प यात्रा बिरोधीहरुले हामिलाई लक्षित गरेर ड्राईभरलाई ढुंगाले हान्न खोज्ज्दा गाडी दायॉं पट्टीको लुकिङ ग्लास झराम गएको थियो !

जनपथ तथा ए पि एफ प्रहरी स्केटिंगबाट सुनसरी चतरा पुल पछि सुनसरी प्रहरी प्रशासन स्केटिंगमा रात्री ११ बजे दुहबी घर पुगेको, हामि बाल बाल बचेका हौं‘ !

 

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस