२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

एमाले अध्यक्ष ओलीमाथि धनकुटामा मुक्का प्रहार भन्ने गलत हो, रक्सीले मातेका ढलेका हुन्

UML President Oli was punched in Dhankuta

२८ मंसिर, धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्राको अन्तिम बिन्दु नजिक पुग्न आँटेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार भन्ने समाचार गलत भएको पुष्टि भएको छ । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको भनिएको थियो ।

तर त्यही लाइभ भिडियो खिचिरहेका पत्रकारले रक्सीले मातेको व्यक्ति नजिक पुग्दा उभिन नसकेर ढलेको बताएका छन् । भिडियोमा प्रष्ट देख्न सकिन्छ । उनी मातेको अवस्थामा अध्यक्ष ज्यू नजिक आएका थिए, आफूलाई थाम्न नसकेर उनी ढले । त्यसलाई केही मिडियाले मुक्का प्रहार भनेर लेखेको देख्दा अचम्म लाग्यो ।

उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेको भनेर केही मिडियाले लेखेका छन् । ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका थिए भनिएको कुरा गलत हो । ओली अगाडि ढलेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए ।

त्यहाँ ओलीलाई आक्रमण पो भयो, कि भनेर अलिक टाढा रहेका मानिसमा खैलाबैला भएपछि अवस्था जटिल नबनोस् भनेर प्रहरीले उनलाई तत्कालै समातेर त्यहाँबाट बाहिर ल्यायो । धनकुटाबाट टोली अगाडि बढिसकेको छ ।

यस सम्बन्धमा नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छोटो विज्ञप्ति जारी गरेर नै प्रष्ट पारेका छन् ।

हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली आज भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका एक व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ । तथ्य नबुझी अनर्गल प्रचार नगर्न अनुरोध गर्दछु ।

राजेन्द्र गौतम
प्रमुख
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग, नेकपा (एमाले)
२०८० मंसिर २८ गते
बसन्तपुर, तेह्रथुम

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस