२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतोलाई अदालतले दियो सफाइ

The court acquitted UML MP Laxmi Mahato who was accused of murder

२८ मंसिर, जनकपुरधाम । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् । मोहन कापरले पनि सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीहरुलाई सफाइ दिने आदेश सुनाएको हो ।

आगलागी मुद्दामा पनि महतोलाई जिल्ला अदालतले सफाइ दिएको छ । २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।

 

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस