२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

समृद्धिका लागि संकल्प यात्राबीच आफ्नो जन्मघरमा यसरी रमाए अध्यक्ष ओली (फोटोफिचर)

उहाँले भन्नुभयो, ‘जे पनि आन्दोलन होइन, कालो झण्डा देखाउनु, अझ त्योभन्दा धेरै गर्नु समाधान होइन, लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्छ ।’

काठमाडौं । समृद्धिका लागि संकल्प यात्रा १७औं दिन आज पाँचथर प्रवेश गर्दैछ । यसबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जन्मघर आठराई इवाबाट सबैलाई नमस्कार भन्दै जानकारी दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘नमस्कार, शुभ बिहानी ! मेरो जन्मघर आठराई इवाबाट । चिसो धेरै छ । गाउँमा बिहानको तातो चिया ठूलो गिलासमा खानुको मज्जा बेग्लै छ। आज हाम्रो यात्रा तेह्रथुमबाट पाँचथर प्रवेश गर्ने छ । सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय ।’

यसअघि अध्यक्ष ओलीले हिंसात्मक गतिविधिले कुनै पनि प्रकारका समस्या समाधान नहुने बताउनुभएको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग यात्रा अभियानको १६औं दिन तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोधका नाममा गरिने हिंसात्मक गतिविधि र मुठभेडले समस्याको समाधान नदिने बताउनुभयो । उहाँले लोकतन्त्रमा सबै समस्याको समाधान लोकतान्त्रिक विधिबाट र शान्तिपूर्ण ढङ्गले खोज्नुपर्नेमा जोड दिनुभयो । बाटोमा रुख ढालेर, कालो झण्डा देखाएर समस्या समाधान हुँदैन भन्ने कुरा सबैले बुझ्न आवश्यक रहेको अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जे पनि आन्दोलन होइन, कालो झण्डा देखाउनु, अझ त्योभन्दा धेरै गर्नु समाधान होइन, लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्छ ।’ नेकपा (एमाले) ले प्रभावकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा देशी विदेशी शक्ति आत्तिएर षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको चर्चा गर्दै उहाँले एमालेले फेरि पनि जनताको अभिमतबाट सरकारमा पुग्ने अठोटका साथ काम गरिरहेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेले जनमतमा विश्वास गर्ने हुँदा धैर्यता अपनाएर वर्तमान सत्ता गठबन्धन तोड्ने बताउनुभयो । नेपालको राजनीतिमा तेह्रथुमले नवजागरण ल्याएको स्मरण गर्दै उहाँले नेपालको भविष्य सुन्दर देख्ने दृष्टि कायम राखेकोमा सम्पूर्ण तेह्रथुमबासीलाई धन्यवाद दिनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस