२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

यस्तो छ आजको दिनभरको मौसम

काठमाडौं, पुस १ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था देखिएको र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराई—मधेसका केही जिल्लामा हुस्सु/कुहिरो लागेको महाशाखाले बताएको छ।

आइतबार दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा महाशाखाले पूर्वानुमान गरेको छ। राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदलीकै अवस्था रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। यस्तै, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस