२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

२२ बर्षीय डिप्लोमा इन सिभिल इन्जीनीयरीङका विद्यार्थी राजीव मृत भेटिए, हत्या कि भवितव्य ?

डोटी । डोटीमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ मा रहेको बर्छैन माध्यामीक विद्यालयमा प्राविधिक धार तर्फ डिप्लोमा इन सिभिल इन्जीनीयरीङ छैटौँ सेमेस्टरमा अध्ययनरत वर्ष २२ का राजीव मास्कीमगर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिपीनगरका प्रहरी निरीक्षक दिनेश रिमालले बताए ।

बडीकेदार गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा रहेको काटेपानी पातल भीरमा बाटोबाट करिब ७ सय मिटर तल भिरमा मगर मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक मास्कीमगर शनिवार देखि बेपत्ता रहेका थिए । घटनास्थलमा प्रहरी पुगी मुचुल्काको काम भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस