२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

आज सुनको मूल्य ह्वात्तै बढ्यो, चाँदीको घट्यो

gold price today nepal

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख १९ हजार २०० रुपैयाँ तोकिएको छ ।

यस्तै बिहीबार तेजाबी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबिच बिहीबार चाँदी तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस