इटहरी / सुनसरी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन् । गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उनले ‘त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने’ टिप्पणी गरे । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाए ।


सुनसरीको इटहरी ४ मा रहेको कचना मा.बि को अत्याधुनिक भवन उद्घाटन कार्यक्रम मा बोल्दै शिक्षा क्षेत्र सुधार गर्ने आफ्नो प्रमुख उदेस्य रहेको भन्दै उनले इटहरी का मेयर लाइ लक्षित गर्दै भने : मलाई योजना पार्न भन्नुहोस, सिल्यानस गर्न भन्नुहोस तर बनिसकेपछि वडा अध्यक्षले गरेपनि हुन्छ नि। बजेट हाल्न पो सक्दैनन त। उप्त भवन निर्माणको निम्ति केपी ओली सरकार का पालामा रु १७ करोड बजेट बिनियोजन भएको मा सरकार परिवर्तन संगै ठेक्का लाग्दा रु नौ करोडको मात्रै लागेको थियो। उद्घाटन कार्यक्रम मा प्रोटोकल नमिल्ने भन्दै इटहरी क मेयर हेमकर्ण पौडेलको नाम सिलालेखामा राख्न नगरपालिका का कर्मचारीले नमानेपछि मेयरले कार्यक्रम नै स्थगित गरेका थिए यद्यपि बिद्यालय व्यवस्थापन समिति र ४ न वडा ले कार्यक्रम सम्पन्न गरेका छन्।
हेर्नुहोस भिडियो

त्यस्तै इनरुवामा आयोजित बृहत कार्यकर्ता भेला लाइ सम्बोधन गर्दै ओलीले जो सुकै सँग पनि जुनसुकै बेला मिलेर नयाँ सरकार गठन गर्न सकिने र त्यसो गर्दा कोहि सँग मिले जस्तो देखिएपनि त्यो अस्थाई मिलन हुने भन्दै कार्यकर्ता लाई नझुक्किन आग्रह गरे। उप्त कार्यक्रम मा विभिन्न पाटी परित्याग गरि एमाले प्रवेस गर्ने सयौ कार्यकर्ता लाई पाटी प्रवेस गराउंदै ओलीले भने पाटीमा संघर्ष गर्न हैन काम गर्न आउनुहोस संघर्ष गर्ने झगडा गर्ने होइन। नेकपा को प्रसंग निकाल्दै उनले भने मलाई कारबाही गरेर सदस्य समेत नहुने गरि हटाएका थिए तेस्तो संघर्ष अब गर्नु पर्दैन।


