२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

हैदरावाद आईपीएलको फाइनलमा, उपाधिका लागि कोलकातासँग खेल्ने

Hyderabad will play Kolkata in the final of the IPL, for the title

काठमाडौं । राजस्थान रोयल्सलाई पराजित गर्दै सनराईजर्स हैदरावाद भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। गएराती भएको दोस्रो क्वालिफायरमा राजस्थानलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनल यात्रा तय गरेको हो ।

हैदरावादले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि धुव्र जुरेलले ५६ र यसश्वी जैसवालले ४२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । बलिङमा हैदरावादका शाहबाज अहमदले ३ र अभिशेक शर्माले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हैदरावादका हेनरिक क्लासेनले सर्वाधिक ५० रन बनाएका थिए ।राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले समान ३-३ लिएका थिए ।

उपाधिका लागि हैदरावादले कोलकाता नाइट राईडर्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ । कोलकाताले पहिलो क्वालिफायरमा हैदरावादलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस