२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

गिरीबन्धु टी–इस्टेट प्रकरणमा ओलीलाई कारबाही हुनुपर्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टी–इस्टेट) प्रकरणमा तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्ने टिप्पणी गरेका छन् ।

बालेनले आज सामाजिक संजाल फेसबुकमार्फत गिरीबन्धु टी–इस्टेट जग्गा प्रकरणमा झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन ओली नेतृत्वको सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै अब तत्कालिन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारवाही गर्नुपर्ने बताएका हुन् ।

अहिलेको अवस्थामा सो जग्गाको मूल्य १० अरब भन्दा धेरै भएको भन्दै बालेनले तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्ने बताएका हुन् । उनले जग्गाको बैना गरेका सबैलाई कानुनी प्रक्रियाबाट बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तीको बाटो सकिएको उल्लेख गरेका छन् ।

साथै उनले देशको अरबौँको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल महानगरका कानुनी सल्लाहकार समेत रहेका ओम प्रकाश अर्याललाई धन्यवाद समेत दिएका छन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस