२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता अनुमोदन

२४ जेठ , काठमाडौँ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइएसएको स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको हो ।

त्यसअघि बैठकमा उक्त सम्झौतामाथि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले सम्झौताका कारण मुलुकलाई हुने लाभका बारेमा जिज्ञासा राखेका थिए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस