२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

शेयर बजारमा एकाएक उछाल : २४ सय २४ बिन्दुमा उक्लियो शेयर बजार

काठमाडौं । शेयर बजार परिसुचक नेप्से २४ सय बिन्दुबाट पनि माथि चढेको छ । अघिल्लो दिन ५४ अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन ५९ दशमलव ६८ अंकले उकालो लागेर २४ सय २४ दशमलव ३२ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंकले उकालो लागेर चार सय ३६ दशमलव १४ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको एक लाख ८४ हजार सात सय १२ पटकको कारोबारमा तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ रुपैैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र जलबिद्युत उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक पनि उकालो लागेका छन् ।

 

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस