२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

आइसिसी विश्वकप लिग-२ मा अमेरिकाविरूद्ध नेपालका ओपनरको बिस्फोटक ब्याटिङ

काठमाडौं, कात्तिक ११ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा अमेरिकाविरूद्ध नेपालले बिस्फोटक ब्याटिङ गरिरहेको छ । नेपालका ओपनर अनिल साह र आसिफ शेखले नै नेपालका लागि गज्जबको स्कोर बनाएका हुन् । उनीहरुले यो समाचार तयार पार्दासम्म अनिलले (३२) मा ३३ रन, आसिफले (३८) मा ३५ रन बनाउन सफल भएका छन् ।

राति सवा ९ बजेबाट सुरू भएको लिग-२ को खेलमा अमेरिकाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिबार मात्रै लिग-२ खेल्ने नेपाली टोली घोषणा गरेको थियो।

लिग-२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी-२० सिरिज खेलेको थियो, जसमा नेपालले क्लिन स्वीप गर्‍यो। सिरिजपछि अमेरिका र स्कटल्यान्डसँग लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ‍स्कटल्यान्डसँग अमेरिका १० विकेटले पराजित भएको थियो।

नेपालले आइतबार खेल्ने खेल लिग-२ को नवौं खेल हो। यसअघिका आठ खेलमध्ये नेपालले एउटा मात्रै खेल जितेको छ। नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल,दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, देव खनाल, सागर ढकाल छन्।

 

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस