२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

उच्चका दुई र जिल्लाका ११ न्यायाधीशको सरुवा (सूचीसहित)

६ मंसिर, काठमाडौँ । न्याय परिषद बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। आज बसेको परिषद बैठकले उच्च अदालतका दुई न्यायाधीशको काज सरुवा र ११ जिल्ला न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीश किरण कुमार पोखरेललाई उच्च अदालत विरागनगर,इलाम इजलासमा काजमा पठाइएको छ । उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीश रेखा थापा पाण्डेलाई उच्च अदालत विराटनगर, इलाम इजलासमा सिफारिस गरेको छ । उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी परिषद् बैठकले सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश शंकर बहादुर राईलाई कास्की जिल्ला अदालतमा सिफारिस गरेको छ । यस्तै जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवाललाई तनहुँ जिल्ला अदालत,काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेलाई जाजरकोट जिल्ला अदालत, सुनसरी जिल्ला अदालतका न्यायाधीश डिल्लीराज शर्मा अर्याललाई रुपन्देही जिल्ला अदालतमा सिफारिस गरिएको हो ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस