२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

काठमाडौंको होटलमा युवा–युवती मृत फेला

Crime murder

९ मंसिर, काठमाडौं । सिनामंगलको एक होटलमा युवा–युवती मृत भेटिएका छन् ।

युवा–युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएको छ ।

प्रहरी टोली घटनास्थलमा भर्खर पुगकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।

 

 

 

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस