२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

कर्णाली प्रदेशको जुम्ला साक्षर घोषणा

काठमाडौं । कर्णाली प्रदेशको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ ।

जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो।

जुम्लाको टुँडिखेलमा आयोजना गरिएको साक्षर जिल्ला घोषणा कार्यक्रममा प्रदेश सभा सांसद देवेन्द्रबहादुर शाहीले ब्यानर उद्घाटन गर्दै जुम्ला साक्षर जिल्ला घोषणा गरे राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत माथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने आधार बमोजिम जुम्ला जिल्लाको १५ देखि ६० उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ६९ हजार चार सय ७७ अर्थात् ९६ दशमलव ०७ प्रतिशतले साक्षर भएको छ।

कार्यक्रममा साक्षरता अभियानमा साथ दिने व्यक्ति, संस्था र निकायलाई सम्मानपत्र दिएर सम्मान गरिएको थियो । राजनीतिक दल, शिक्षासँग सरोकार राख्ने निकायका व्यक्तिहरु र जनप्रतिनिधिहरुले साक्षर जिल्ला घोषणा गर्न सफल भएकोमा शुभकामना दिए । उनीहरुले साक्षर जिल्ला घोषणा भइसकेपछि शिक्षित जुम्लाको परिकल्पनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस