२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

मेडिकल व्यवसायी प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने

Durga Prasai

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

यसअघि मंसिर ५ गते पक्राउ परेका प्रसाईं  प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी झुठो र भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा हाल प्रहरी हिरासतमा छन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस