२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरू गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नाम दर्ता कार्य सुरु गर्ने भएको छ ।

यही मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरू गर्ने आयोगले जनाएको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो । निर्वाचन सम्पन्न भइ परिणामसमेत आइसकेकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ ।

कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउने, दोहोरो नाम भएको भए दोहोरो हटाउने, मृत्यु तथा बसाइँसराइँको विवरण अद्यावधिक गर्ने लगायतका मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्य गर्नका लागि आयोगको प्रणालीमा गइ आवेदन गर्न सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस