२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

धरानका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी

harka sampang dispute

काठमाडौं । धरानका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ । थिति र विधि विपरीत काम गर्दै आएका उनीविरुद्ध निरन्तर धम्की दिएको भन्दै उजुरी परेको हो ।

उनको कामका विषयमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएका मेयर साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो ।

पत्रकार महासंघ सुनसरीको भेलापछि नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा कार्यालयमा उजुरी दिएका हुन् ।

दुई दिन अघि साम्पाङले सामाजिक सञ्जाल मार्फत पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई र पत्रकार दाहाललाई धम्की दिएका थिए ।

उनले आफू नियमित रूपमा भेला जाने पसलमा बिहीबार उपस्थित हुन आदेश समेत दिएका थिए।

गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मौन मौजी शासन बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार लेखेका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस