२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजबाट सुरू

२६ मंसिर, काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजबाट सुरू हुँदैछ ।
पार्टी मुख्यालय आलोकनगरमा आजबाट सुरू हुने बैठक भोलिसम्म जारी रहनेछ ।

पछिल्लो समयमा भएका पार्टीका साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, केन्द्रीय नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस