२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आजको मौसम पूर्वानुमान : तराईको धेरैजसो भूभागमा हुस्सु र कुहिरो, अन्य स्थानमा सफा रहने

२६ मंसिर, काठमाण्डौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि कोसी प्रदेशमा आंशिक बदली रहने छ । आज राति पनि कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । भोलि पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी आगामी शुक्रबार कर्णाली र शुदुरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस