२०८३ कार्तिक १३ गते बिहिवार | 2026 October 29th Thursday

कमलादीमा भासिएको सडक बक्स कल्भर्ट निर्माण गरेपछि आयो सञ्चालनमा

काठमाडौं । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ।

पुनर्निमित सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक खोलिएको हो। साउनको अन्तिम साता काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द भएको थियो।

४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भई उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारू गरिएको हो। सडक भासिनुपुर्व एकतर्फी बनाइएको यो सडक अब सुचारू भएसँगै ट्राफिक एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ।

पहिला जस्तै अबउप्रान्त दरबारमार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन्। योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुदैं घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस