२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

टुकुचा कोरिडोर खुलाउन काठमाडौं महानगरका जनप्रतिनिधिहरुको माग

काठमाडौं । संघीय राजधानी काठमाडौंको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् ।

इच्छुमती किनारको दायाँबायाँ चार/चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको सवारी ‘जाम’ कम हुने जनाइएको छ ।

काठमाडौं महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ इच्छुमती किनारको दायाँबायाँ चार/चार मिटरको मात्र कोरिडोर निर्माण गर्दा पनि राजधानीको जाम कम हुने बताउँछन् ।  काठमाडौँ महानगरपालिका–२ मा इच्छुमतीको करिब ६२० मिटर लम्बाई पर्ने उल्लेख गर्दै उनले बहाब क्षेत्र चार मिटर छोडेर दायाँबायाँ चार/चार मिटरको सडक बनाउनुपर्ने स्थानीयवासीको माग रहेको बताए ।

इच्छुमती महानगरपालिकाका वडा नं १, २, ३, ४, ५, २८ र ११ क्षेत्र भएर बग्ने गरेको छ । इच्छुमती कोरिडोर खोल्न महानगरपालिका नै लाग्नुपर्ने वडा नं ११ का अध्यक्ष तण्डुकारको माग रहेको छ । कोरिडोरमा दुई पाङ्ग्रे र साना सवारीलाई प्रवेश गराउँदा ठूला सडकमा सवारी जाममा कमी आउने महानगरपालिकाका जनप्रतिनिधिको भनाइ छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस