२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आजको मौसम पूर्वानुमान : तराई र काठमाडौंका धेरै स्थानमा हुस्सु, अन्य स्थानमा सफा रहने

२८ मंसिर, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई र काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु तथा केही ठाउँमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने राति मौसम सफा रहने छ ।

शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस