२०८३ कार्तिक १३ गते बिहिवार | 2026 October 29th Thursday

फोरवार्ड वचत तथा ऋण सहकारी सस्था लिमिटेडको २३ औ वार्शिक साधारण सभा सम्पन्न

दुहबी / फोरवार्ड वचत तथा ऋण सहकारी सस्था लिमिटेडको २३ औ वार्शिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार दिनेश चौधरी स्मृति प्रतीस्ठानको हलमा २३ औ साधारणसभामा सस्थाका अध्यक्ष द्रब्यराज चौधरीको अध्यक्षतामा तथा पुर्व मन्त्री संघीय सांसद भगवती चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थामा जम्मा शेयर सदस्य २४ सय १ जना रहेकोमा शेयर पुजि २ करोड, ९८ लाख, २ हजार, ३ सय रहेको छ भने, कुल ऋण लगानी १९ करोड, ९१ लाख ६० ह्जार ६ सय ३२ रहेको छ ।

आ.व. २०८० ८१ को आम्दानी २ करोड, ७५ लाख, ४१ ह्जार, १ सय ४३ रुपौय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साबिक दुहबी आदर्श गा.वि.स वाड नं.–३ मा कार्यालय स्थापित गरी वि.सं. २०५८ साल अषाढ २७ गते विधिवत रुपमा स्थापित फोरवार्ड बचत तथा ऋण सहकारी संस्था लि. को साविक कार्यक्षेत्र औरावनी, सिमरिया, तनमुना, भलुवा, दुहवी, सोनापुर र खनार गा.वि.स. (हाल परिवर्तित दुहवी न.पा. को १ देखि १२ वडा सम्म, गढी गा.पा. को वडा नं. १ देखि ४ वडा सम्म र इटहरी उ.म.न.पा.को वडा नं. १० देखि १३ वडा सम्म कार्यक्षेत्रमा छरिएर रहेको पुँजीलाई संकलन गरी आर्थिक उत्पादन तथा सेवामुखी भावनाले गरीवी निवारणमा प्रत्यक्ष सहकार्य गर्दै आएको छ ।

आ.ब. २०८१÷०८२ मा अझ अत्यन्त प्रभावकारी, गतिशिल र आफ्ना लक्षित कार्यक्रमहरु प्रभावकारीरुपमा परिचालन लक्ष्य लिएको र संस्थालाई समयसपक्ष चल्ने र प्रविधि मैत्री सहकारी बनाउन महत्वपुर्ण कार्य गर्दै लगिने संस्थाका अध्यक्ष द्रब्यराज चौधरीले बताउनु भयो ।

सहकारीहरुले ठगेका घट्नाहरु बाहिरी रहदाँ फोरवार्ड वचत तथा ऋण सहकारी सस्था लिमिटेडको सस्थापक अध्यक्ष आफै भएकाले आफु रहुन जेल संस्था राम्रो हुने पुर्व मन्त्री संघीय सांसद भगवती चौधरीले बताउनु भयो ।

साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष गंगा प्रसाद दाहाल लगायतका अतिथिहरु, शेयर सदस्य, सञ्चालक समितीका सदस्यहरुको उपस्थितीमा साधारण सभामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार
प्रतिक्रिया दिनुहोस