२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

कजाकिस्तान जहाज दुर्घटना : सवार ६७ मध्ये २५ जनाको जीवितै उद्धार

काठमाडौं । कजाकिस्तानको अक्ताउ सहरमा यात्रुवाहक जहाज दुर्घटनामा परेकामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ । जहाजमा कुल सवार ६७ जना यात्रु सवार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

बुधवार दुर्घटना भएको जहाजमा सवारमध्ये २५ जनाको जीवितै उद्धार गरिएको हो । कजाकिस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरूको जीवितै उद्धार गरिएको र जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

जहाज अवतरण गर्ने क्रममा विमानमा आगो लागेको बताइएको छ । दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य सवार थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार यो विमान अजरबैजान एयरलाइन्सको हो । जुन बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

स्थानीय सञ्चारमाध्यमले भने यो जहाजको रुट परिवर्तन आँधी बेहरिका कारण गरिएको थियो । यसवारे थप विवरणहरु बउन बाँकी छ । एजेन्सी

 

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस