२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

दीक्षित विद्यार्थीलाई कुलपति ओलीले भनेः ज्ञानलाई मुलुकको समृद्धिमा प्रयोग गर्नु

काठमाडौं। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले दीक्षित विद्यार्थीलाई ज्ञान व्यवहारमा उतारेर समाजको भलाइका लागि प्रयोग गर्न आग्रह गर्नुभएको छ। दशरथ रंगशालामा आयोजित ५०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सम्मानित, समृद्ध र सुखी समाज निर्माणमा योगदान दिन आह्वान गर्नुभयो।

प्रधानमन्त्री ओलीले मुलुकलाई गरिबीबाट मुक्त गर्न र “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई अघि बढाउन सबैलाई जिम्मेवार बन्नुपर्ने बताउनुभयो।

उहाँले नेपालको ज्ञान, ध्यान, योग र संस्कृतिको सम्पदाप्रति कृतज्ञता व्यक्त गर्दै अध्ययन निरन्तरता र विनम्रताको महत्त्वमा जोड दिनुभयो। कार्यक्रममा कुलपतिद्वारा १४,३०८ विद्यार्थी दीक्षित भए। प्रमुख अतिथि डा. रामप्रकाश यादवले संघर्ष र इमानदारी जीवनको सफलता कुंजी भएको उल्लेख गर्नुभयो।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस