२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नारायणगढ–मुग्लिन सडकखण्डको त्रिशूली नदीमा बस दुर्घटना हुँदा ६ जना घाइते

"One killed and 12 injured in a bus accident in Sindhuli."

१५ पुस, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत त्रिशूली नदीको सिमलताल नजिकै बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ६ यात्रु घाइते भएका हुन् ।

घाइते यात्रुहरुलाई उपचारका लाग चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । बिग्रिएर सडक छेउँमा रोकिराखेको ट्रकको पछाडि आज बिहान करिब साढे ४ बजेतिर बस ठोक्किएको थियो । दुर्घटनास्थल जलविरेबाट करिब दुई किलोमिटर अगाडि नारायणगढतर्फ पर्दछ ।

 

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस