२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

हाइड्रोलिक केबल फुट्दा चन्द्रागिरी पुगेका हजारौँ यात्रु माथि नै रोकिए

काठमाडौं । चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुट्दा हजारौँ यात्रु मारमा परेका छन् । हाइड्रोलिक केलब फुटेपछि सोमाबर दिउँसैदेखि केलबकारको सेवा रोकिएको छ । सोमबार दिउँसो साढे २ बजेदेखि केबलकार अवरुद्ध हुँदा घुम्नका लागि चन्द्रागिरी हिल्समा चढेका हजार जनाबढी सर्वसाधारण अलपत्र परेका छन् ।

महागरीय प्रहरी बृत्त थानकोटका अनुसार केबलकारको पाइप फुटेपछि अड्किएका २२ वटा डब्बाका यात्रुलाई आपतकालीन प्रणालीमार्फत उद्दार गरेर तल्लो स्टेशनमा झारिएको छ । माथिल्लो स्टेशनमा रहेका यात्रुलाई भने झार्न समस्या भएको छ। एक प्रहरी अधिकारीले दिउँसोदेखि केबलकारमा आएको समस्या अझै हल नभइसकेको बताए । उनका अनुसार साँझसम्म केबलकार खुलेको छैन। फुटेको हाइड्रोलिक केबलको मर्मत जारी रहेको छ ।

 

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस