२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मौसम पूर्वानुमान : पश्चिम तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा रहने

१६ पौष , काठमाडौँ । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु लागेको छ र बाँकी भागमा मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि देशैभरको मौसम सफा रहने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस