२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

ओमोडा एण्ड जेकोको ब्राण्ड एम्बेसडर बने दीपेन्द्र सिंह ऐरी, आमा–बुबाको उपस्थितीमा लिए जितेको कार

Dipendra Singh Airee Named Brand Ambassador for Omoda & Jaecoo

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी ओमोडा एण्ड जेकोको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ऐरीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा आज उनलाई एनपीएलमा जितेको कार ओमोडा फाइभको साँचो हस्तान्तरण समेत गरियो । दीपेन्द्रले आमा–बुबालाईसँगै उपस्थित गराएर कारको साँचो बुझे ।

ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को उपविजेता सुदूरपश्चिम रोयल्सका कप्तान समेत हुन् । उनी प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा ई फाइभ कार पाएका थिए ।

 

प्रकाशित मिति : २०८१ पुष १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस