२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

जागिर खाने हो ? इन्सपेक्टरदेखि भान्सेसम्म १,१७९ लाई खुल्यो जागिर (विज्ञापनसहित)

job vacancy

१९ पौष, काठमाण्डौँ । सशस्त्र प्रहरी वल एपीएफले एकै पटक ठूलो संख्यामा आवेदन माग गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागले आज सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर १,१७९ जना जनशक्ति माग गरेको हो ।

जसअनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचीकार, १० जना सूचीकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्ने जनाइएको छ ।

हेर्नुस् विज्ञापन

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस