२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सर्वोच्च बारको अध्यक्षमा पोखरेल निर्वाचित

२१ पौष , काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । एउटा सदस्य पदमा सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका हुन् । मैनाली भने प्रगतिशिल समूहबाट थिए ।

सर्वोच्च अदालत बार एशोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका उम्मेदवारहरू वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत पाएका थिए भने अधिवक्ता प्रेमसिंह धामीले १५ मत पाएका थिए ।

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस