त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४९.११ ग्राम सुनसहित दुई युवती पक्राउ परेका छन्। झापाकी पुष्पा माले र सिन्धुपाल्चोककी फुर्पा लामु तामाङलाई दोहाबाट आएको नेपाल एयरलाइन्सको उडानपछि नियन्त्रणमा लिइएको हो।
उनीहरूबाट क्रमशः ६७.५१ ग्राम र ८१.६० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई भन्सार कार्यालय, सिनामंगल पठाइएको छ।
प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार

